071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
अक्टोबर १६ विश्व स्पाईन दिवस : तिनाउ अस्पतालमा विशेष छुट

अक्टोबर १६ विश्व स्पाईन दिवस : तिनाउ अस्पतालमा विशेष छुट

विश्व स्पाईन (मेरुडण्ड) दिवस अक्टोबर १६ अर्थात असोज ३० गते शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । नेपालमा पछिल्ला केहि वर्ष देखि यो दिवशसलाई औपचारिक रुपमा मनाउन लागिएको हो । यसै अवसरमा बुटवलको तिनाउ ईन्टरनेशनल हस्पिटलले विशेष छुटको व्यवस्था गरेको छ । पश्चिम क्षेत्रकै एक मात्र स्पाईन सर्जन डा योगेन्द्र अग्रहरीले यस क्षेत्रमै स्पाईन र ट्रमाको विशेषज्ञ सेवा भर्खरै मात्र शुरु भएकोले अवसर लिन अपिल गर्नु भयो ।
तिनाउ हस्पिटलमा सेवारत डा अग्रहरीले दिवसको अवसरमा मेरुदण्ड समस्या भएको बिरामीको लागि ओपिडि सेवा निःशुल्क गरिएको बताउनु भयो । उहांले एक्सरे लगायतका सेवामा पनि एक दिन विशेष छुटको प्रवन्ध मिलाईएको जानकारी दिनु भयो । स्पाईनल ईन्जुरी देखि घाटी भांचिएको , ढाड भाचिएको, ढाडको नसा च्यापिएका, मेरुदण्डको टि बि भएको, जन्मजात मेरुदण्ड बाङ्गो भएको तथा नसाको समस्या भए लगायतका विशेषज्ञ सेवा अस्पतालले प्रदान गरेको जानकारी दिनु भयो ।
विश्वविख्यात संस्था, जापान र भारतमा गरि दुई दुई वटा फेलोसिप गर्नु भएका डा अग्रहरीले यस क्षेत्रमै पहिलो पटक विशेषज्ञ उपचारको प्रवन्ध गरिएको दावी गर्नु भयो । डा अग्रहरि यस पश्चिम क्षेत्रमा ट्रमा तथा स्पाइन फेलोसिप गरेका एकमात्र चिकित्सक रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ । पहिलो विगतमा मेरुदण्ड लगायतका समस्या भएका विरामी काठमाडौं तथा भारतका विभिन्न शहरहरुमा पुग्नु पर्ने वाध्यता दियो ।
यस्ता विरामीले विशेषज्ञ सेवा प्रभावकारी ढंगले पाएमा सबै जनाको अप्रेशन नै गर्नु नपर्ने पनि उहांको तर्क रहेको छ । शरिरको सबैभन्दा महत्वपुर्ण अंग भएकोले मेरुदण्डको उपचार वेलैमा नहुदां अपङगता जस्ता समस्याहरु भोग्नु परेको उहांको तर्क रहेको छ । तिनाउ ईन्टरनेशनल अस्पतालले यस्ता समस्यामा रहेका विरामीहरुका लागि अप्रेशनमा आवश्यक पर्ने अत्याधुनिक उपकरणहरुको प्रवन्ध गरेको अस्पतालका अध्यक्ष चिरञ्जीवि जोशीले जानकारी दिनु भयो । उहांले हरेक रोग र त्यसको उपचार प्रद्धती जस्ता कुराहरुमा सचेतना वढाउन आवश्यक भएको बताउनु भयो ।