071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
तिनाउ हस्पिटल र नमुना सहकारीबीच शेयर सदस्यको उपचार गर्नेे बिषयमा सम्झौता

तिनाउ हस्पिटल र नमुना सहकारीबीच शेयर सदस्यको उपचार गर्नेे बिषयमा सम्झौता

बुटवल, वैशाख १२ । तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि बुटवल–८ सुख्खानगर (पहिलो पक्ष) र नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–१५ सेमलार (दास्रो पक्ष) बीच शेयर सदस्य बिरामीहरुको प्रभावकारी उपचार गर्ने गराउने बिषयमा सम्झौता भएको  छ । 
नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि २ वर्ष ३ महिना (२०७८÷१÷१–२०८०÷३÷३१) सम्मका लागि हस्पिटल र सहकारी बीच १२ ओटा बँुदामा सम्झौता भएको हो । पहिलो पक्षको तर्फबाट हस्पिटलका अध्यक्ष चिरन्जिवि जोशी र दोस्रो पक्षको तर्फबाट सहकारीका अध्यक्ष थमा कुमारी अधिकारी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमा पहिलो पक्षका श्रवण कुमार शाह र दोस्रो पक्षका मन्जु कुँवरको पनि सहभागिता रहेको थियो । 

 


जसमा दोस्रो पक्षले आफ्ना शेयर सदस्यहरुलाई उपचारका लागि पहिलो पक्षमा पठाउने,  दोस्रो पक्षले घाइते भएका व्यक्ती उपचारका लागी पठाउँदा संस्थाको परिचय पत्रको आधारमा उपचार गर्नेछ । त्यस्तै दोसा्रे पक्षको बिरामीले सम्झौता अनुरुप छुट लिई भुक्तानी गर्नुपर्नेछ । बिरामीको उपचारलाई मितव्यी बनाउनेतर्फ दुबै पक्षले बिशेष ध्यान दिनुपर्नेछ । 


अस्पतालमा उपचारका लागि आउने सहकारीका सदस्यहरुले ५ देखि २० प्रतिशतसम्म छुट पाउने तिनाउ इन्टरनेशनल हस्पीटल प्रा.लीका अध्यक्ष चिरन्जिवि जोशीले बताए । हस्पिटल र सहकारीबीच सेयर सदस्यको उपचारका लागि गरिएको सम्झौतालाई कार्यान्वयन गर्नेमा दुबै पक्षले जोड दिएका छन् ।