071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
बुटवलको तिनाउ अन्तर्राष्ट्रिय हस्पिटलमा घाँटीको मेरुदण्डको जटिल शल्यक्रिया सफल

बुटवलको तिनाउ अन्तर्राष्ट्रिय हस्पिटलमा घाँटीको मेरुदण्डको जटिल शल्यक्रिया सफल

बुटवलको तिनाउ अन्तर्राष्ट्रिय अस्पतालमा घाँटीको मेरुदण्डको जटील शल्यक्रिया सफल भएको छ । अस्पतालले नवलपरासी सुनवल वेलवारीका ३२ वर्षीय पुरुषको जटिल शल्यक्रिया सफल रुपमा गरेको हो ।
सोमबार जंगलमा घारदाउरा गर्न जाँदा रुखबाट लडेर उनको हात खुट्टा नचल्ने अवस्थामा अस्पताल ल्याईएकोमा अस्पतालमा क्रियाशिल डाक्टरहरु योगेन्द्र अग्रहरी, पवन श्रेष्ठ, सुरेन्द्र कुवर, सुन्दर पाण्डे लगायत स्वास्थ्यकर्मीको टिम सहभागी भएको अस्पतालका व्यबस्थापन प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
अस्पतालमा लिईएको एक्स–रे रिपोर्टबाट मेरुदण्डको घाँटीको भाग भाचिएको पत्ता लागेको थियो । त्यसै कारणले हातखुट्टा नचल्ने अवस्थामा पुगेको डा. अग्रहरी बताउनु हुन्छ । डा. अग्रहरी यस क्षेत्रमै पहिलो स्पाईनल सर्जरीमा फेलोशिप गरि फर्किनु भएको छ भने एकै सेटअपमा पछाडी र अंगाडी शल्यक्रिया गर्ने पनि उहाँ पहिलो भएको अस्पतालका प्रवन्ध निर्दैशक बिमल श्रेष्ठले जानकारी दिनुभयो । उक्त बिरामीको घाँटीको मेरुदण्ड जोड्नकालागि अंगाडी र पछाडी शल्यक्रिया गर्नुपर्ने भएको र हात खुट्टा समेत नचल्ने अवस्थामा पुगिसकेकाले केश जटिल भएको डा. अग्रहरी बताउनु हुन्छ ।
कोरोना भाईरस (कोभिड–१९) रोगले विश्वमा महामारीको रुपमा फैलिरहेको अवस्थामा पनि अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित गरेर सेवा प्रवाह गरेको अस्पतालका मेसु राजेन्द्र सन्जेल बताउनु हुन्छ ।