071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
खुट्टा भाचिएका बिरामीलाई निशुल्क रड

खुट्टा भाचिएका बिरामीलाई निशुल्क रड

अन्र्तराष्ट्रिय संघ संस्थाको समन्वयमा अस्पतालले अहिले सार्पा र खुट्टाको निःशूल्क रड उपलब्ध गराउँदै आएको तिनाउ ईन्टरनेशनल हस्पिटल प्रालीले जानकारी दिएको हो । 

अस्पतालले अमेरिकाको साईन फ्याक्चर केयर संस्थासँग समन्वयन गरि अहिले खुट्टामा निःशूल्क रड हाल्दै आएको अस्पतालका हाडजोर्नी, ट्रमा नशा तथा स्पाइन सर्जरी डाक्टर योगन्द्र अग्रहरीले जानकारी दिनु भएको छ।

अहिलेसम्म अस्पतालले १५ जनालाई निःशूल्क सेवा प्रदान गरेको उँहाले जानकारी दिनुभयो । अस्पतालले अहिले जटिल प्रकारका घाउहरुको उपचार गर्दै आएको समेत जानकारी दिनुभयो ।

अस्पतालले अत्याधुनिक प्रविधिको प्रयोग गरि जटिल प्रकारका घाउहरु उपचार गर्दै आएको तिनाउ ईन्टरनेशनल हस्पिटल प्रालीले जनाएको छ । यस्तै तिनाउ हस्पिटलले पटक आर. आई. आर.यस.लेजर प्रविधिको प्रयोगबाट मृगौंलामा भएको पत्थरीलाई निकाल्न सफल भएको थियो ।

विधिबाट बिना घाउ मृगौंलामा भएको पत्थरी निकाल्न सकिने हस्पिटलले जनाएको छ । तिनाउ हस्पिटलले हाडजोर्नी सम्वन्धी पनि विशेषज्ञ सेवा दिदै आएको छ । यस क्षेत्रकै अनुभवी चिकित्सकहरु रहेको र उनिहरुले स्थायी रुपमा सेवा प्रदान गरिरहेकोले अस्पतालमा हार्डजोर्नीका विरामिहरुका लागि पनि राहात मिलेको छ ।