071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
यस्ता डाक्टर जो प्रचार चाहदैनन् काम गर्छन्

यस्ता डाक्टर जो प्रचार चाहदैनन् काम गर्छन्

काम गर्नु अघि हल्ला गर्छन् कति । गर्दैछु भनेर सार्वजनिक गरेपछि नगर्नेहरु पनि समाजमा नभएका होइनन् । तर बुटवलका डा. योगेन्द्र अग्रहरी भने विनाप्रचार काम गरिरहेका छन् ।

उनको काम भनेको चिकित्सकीय पेशा नै हो । आफ्नै क्षेत्रमा अप्ठ्यारो पर्नेका लागि उनले सहयोग गरिरहेका छन् । यसरी उनी सहयोगमा जुटेको ७ बर्ष पुगिसकेको छ ।

डा. अग्रहरि अमेरिकाको साइन सर्जन पनि हुन् । उनी साइन संस्थासँग आबद्द छन् ।

उक्त संस्थाको सहयोगमा उनले नेपालमा साप्रा र खुट्टाको हड्डी भाँचिएको अवस्थाका व्यक्तिहरुको उपचार गर्ने गर्दछन् ।

साप्रा र खुट्टाको हड्डी भाँचिएको अवस्थामा प्रयोग हुने रड उनले निःशुल्क रुपमा उपलब्ध गराउने गरेका छन् । उक्त रड किनेर प्रयोग गर्दाको अवस्थामा करिब २५ हजार लाग्ने गर्दछ ।

करिब २ सय व्यक्तिलाई उक्त रडको सेवा प्रदान गरेको डा. अग्रहरीले बताए । रडको मात्रै निःशुल्क प्राप्त हुन्छ उनले भने अरु खर्च भने बिरामी आफैले बेहोर्नुपर्छ ।

रुपन्देहीका दुई अस्पतालमा कामको अनुभव लिइसकेका डा. अग्रहरी अहिले भने बुटवलमा रहेको तिनाउ इन्टरनेशनल हस्पिटलमा काम गर्छन् । बुटवल ६ अमरपथका पुराना बासिन्दा उनले कान्ति मा.विबाट एसएलसी, तिलोत्तमा माविबाट कक्षा १२ को अध्ययन गरेका थिए ।

एमबिबिएसको पढाई चीन र एम डि एमएसको पढाई फिलिपिन्सबाट पूरा गरेका हुन् । त्यसपछि उनले जर्मनीबाट ट्रमा र जापानबाट स्पाइन सर्जरी पूरा गरेका छन् ।

बिष्णुको निःशुल्क उपचार
डा. योगेन्द्र अग्रहरीले एक बालिकाको निःशुल्क उपचार गरिदिएका छन् । बाग्लुङको बुर्तिबाङ घर बताउने बिष्णु क्षेत्रीको हातका कुइँनाको उपचार गरिदिएका हुन् ।

केहि बर्ष अघि हड्डी भाँचिएपछि उनको कुहिनामा राखिएको स्क्रु र वासर (रड) निकालिदिएको डा. अग्रहरिले बताए ।

पैसाको अभावका कारण उनको परिवारले ति बालिकाको उपचार गर्न सकेका थिएनन् ।

नयाँ प्रविधि प्रयोग गरेर निकै सानो घाउँ बनाएर रड निकालेको उनले बताए ।

पत्रकार श्याम पोखरेल र अधिबक्ता मनोज भुसालले ति बालिकाको स्वास्थ्य अवस्था र परिवारको आर्थिक अवस्थाको बारेमा डा. अग्रहरिलाई जानकारी दिएपछि उनले बालिकाको निःशुल्क उपचार गराएका हुन् ।

परिवारले उपचार गराउको भए उक्त उपचार खर्च १५ देखि १८ हजारसम्म लाग्थ्यो । तर डा. अग्रहरि उनको अप्रेशन चार्ज नलिइ उपचार गरिदिएका छन् भने औषधी र सामग्रीको खर्च समेत उनले नै बेहोरेका छन् । अस्पतालले पनि बेड चार्ज निःशुल्क गरिदिएको डा. अग्रहरिले बताए ।

डा. अग्रहरिको दशै
डा. योगेन्द्र अग्रहरि दाई भाउजुसँगै सगोमा बस्छन् । उनको साथमा ठुलो दाइ र दाइका छोराछोरीसँगै श्रीमती र २ बच्चा छन् । दशै नजिकिदै गर्दा भने उनको घरमा दशैको रौनक छैन ।

उनले आफ्नो माइलो दाई बितेको कारण यो पटक दशैं मनाउने कार्यक्रम नरहेको बताए । कोरोनाले सबैको घरमा दशैंको रौनक त छैन नै उनले भने अझै हाम्रोमा त दाई बितेको कारण दशै मनाउने कुरै भएन ।